सिन्धुलीको मरिणमा १२ कक्षासम्म निशुल्क शिक्षा, विपन्न विद्यार्थीको उच्च शिक्षा सपना पूरा हुँदै

नेपालभ्युज

सिन्धुलीको मरिणमा १२ कक्षासम्म निशुल्क शिक्षा, विपन्न विद्यार्थीको उच्च शिक्षा सपना पूरा हुँदै

सिन्धुली।  सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ ।

उँपालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने व्यवस्था गरिएको हो ।  निःशुल्क शिक्षाका लागि पालिकाले विद्यालयलाई वार्षिक अनुदान दिनेछ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार कक्षा ९ मा अध्ययनरत प्रतिविद्यार्थीलाई दुई हजार चार सय, कक्षा १० मा अध्ययनरतलाई तीन हजार रुपियाँ, कक्षा ११ मा अध्ययनरतलाई पाँच हजार र कक्षा १२ मा अध्ययनरतलाई चार हजार पाँच सय रुपियाँका दरले पालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए ।

उनले भने, “त्यसका लागि विद्यार्थीको हाजिर ७५ प्रतिशत पुगेको हुनुपर्छ । हाजिर ७५ प्रतिशत पुगेन भने अभिभावकले नै उक्त शुल्क तिर्नुपर्छ । विद्यार्थी भर्ना गर्ने बेलामै अभिभावक बोलाएर सचेत गराइएको हुन्छ ।”

विद्यार्थीको हाजिरसहितको रेकर्ड विद्यालयलाई चार÷चार महिनामा पठाउने र सोही आधारमा गाउँपालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved