श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ, यस्तो छ घटना प्रकृति

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ, यस्तो छ घटना प्रकृति

जनकपुरधाम । धनुषाको बटेश्वरमा एक महिलाको हत्या आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं.५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रिता (अमृता कुमारी यादव) को आइतबार  राति हत्या भएको थियो ।

गम्भीर घाइते अवस्थामा रितालाई उनकै श्रीमान् विरेन्द्रले स्थानियहरुको सहयोगमा जनकपुरको काव्या अस्पताल पुर्‍याएका थिए । बिहान  ५ः२० मा भर्ना  भएकी उनलाई ८ बजे   चिकित्सकले मृत घोषणा गरेका थिए ।

विरेन्द्रले  श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेर एकाविहानै घरबाट बाहिर निस्केर गुहार माग्दै आफनो घरमा अपरिचित व्यक्तिहरुले घटना गरेको नाटक गरेका थिए।

घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

श्रीमानमाथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचर सहितका सामान सहित रितालाई उनको माइती (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्‍याएका थिए ।

आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो । उनका ४ र ६ वर्षका दुई छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved