लोसपाले आयोगलाई बुझायो समानुपातिक सांसदको सूची

नेपालभ्युज

लोसपाले आयोगलाई बुझायो समानुपातिक सांसदको सूची

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  समानुपातिकतर्फ प्रदेश सांसदहरूको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

आयोगमा बुझाएको सूचीमा मधेश प्रदेश सभामा मधेशी महिलातर्फ रुपा कुमारी यादव र मधेशी अल्पसंख्यक महिलातर्फ रमिता प्रधानको नाम रहेको छ।

यस्तै लुम्बिनी प्रदेशमा खस आर्य महिलातर्फ हेमा बेल्वासे केसीको नाम आयोगमा पठाएको छ ।

लोसपाले प्रत्यक्षतर्फ मधेश प्रदेशमा सात र लुम्बिनी प्रदेशमा एक  सिट जितेको छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले  थ्रेसहोल्ड  कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved