नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद (नामावलीसहित)

नेपालभ्युज

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद (नामावलीसहित)

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको हो ।

रेशमलाल चौधरी संरक्षक रहेको उक्त पार्टीले  सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम सार्वजनिक गरेको हो  ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार उक्त  पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्डित, लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरी र मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

नागरिकले पत्यक्षतर्फ प्रतिनिधि सभामा १ स्वतन्त्रसहित ४ सिट र  प्रदेशसभातर्फ ७ सिट जितेको छ । यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved