संवैधानिक इजलासको व्याख्या- महाभियोग निष्क्रिय हुने आधार देखिएन, महासचिव क्षेत्राधिकारबाहिर गए

सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद् महासचिव भरतराज गौतमले आफ्नो क्षेत्राधिकारबाहिर गएर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पत्र लेखेको व्याख्यान गरेको छ ।

नेपालभ्युज

संवैधानिक इजलासको व्याख्या- महाभियोग निष्क्रिय हुने आधार देखिएन, महासचिव क्षेत्राधिकारबाहिर गए

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद् महासचिव भरतराज गौतमले आफ्नो क्षेत्राधिकारबाहिर गएर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पत्र लेखेको व्याख्यान गरेको छ ।

शुक्रबार बसेको इजलासले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘निवेदनमा प्रतिनिधि सभाको निरपेक्ष अधिकारमाथि अनुचित बन्देज लगाउँदै प्रत्यर्थी महासचिवले महाभियोग प्रस्तावलाई निस्क्रिय पार्ने प्रवृत धारणा तथा कलुषित मनसाय राखी २०७९/०८/२१ गतेको पत्रको कानूनी तथा संवैधानिक आधार नरहेको तथा क्षेत्राधिकारको समेत अभाव रहेको भनी जिकिर लिएको देखियो ।’

इजलासले नयाँ प्रतिनिधि सभाबाट कुनै काम कारबाही अगाडि नबढेकोले प्रस्ताव निस्क्रिय रहने कानूनी आधार नदेखिएको उल्लेख गरेको छ ।

आदेशमा भनिएको छ, ‘प्रतिनिधि सभाबाट कुनै कारबाही भएको भन्ने तथ्य खुल्न आएको पाइएन । तर महासचिवले मिति २०७९/०८/२१ मा लेखेको विवादित पत्रमा सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशमशेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने बेहोराको पत्रसमेत निष्प्रभावी भएको भनी उल्लेख भएको पाइयो । तर पत्रमा निष्प्रभावी हुनुको कानूनी आधार भने खुल्न आएको देखिँदैन । यसरी प्रस्तुत रिट निवेदनका सन्दर्भमा महत्त्वपूर्ण, संवैधानिक एवम् कानूनी प्रश्न उठाएको अवस्था देखिएको छ ।’

महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको भन्दै गत बुधबार पत्र दिएका थिए । लगत्तै परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । यही इजलासले जबराको निलम्बन निष्प्रभावी हुने पत्र महासचिव गौतमले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पठाएको भन्दै त्यसको कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि दिएको छ ।

०७८ को फागुन १ मा प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved