दलहरूले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरे : प्रमुख आयुक्त

नेपालभ्युज

दलहरूले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरे : प्रमुख आयुक्त

काठमाडौं। राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलामाथि ठूलो विभेद् गरेको बताएका हुन् ।

आयोगले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर दलहरुले राजनीतिक हिंसा गरेको आरोपसमेत लगाए ।

उनले राजनीतिमा महिलामाथि हिंसा हुन नदिन सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि आग्रह गरे । उनले भने, ‘उम्मेदवारीमा व्यापक विभेद भएको हामी देख्छौं राजनीतिक दलहरुबाट । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्‍याउन मात्रै महिलालाई उम्मेदवारी दिइयो । यसरी महिला हिंसा सिर्जना गरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उम्मेदवारी दिइएन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि कानुन भने अन्य देशको तुलनामा लैंगिक तथा समावेशी भएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved