सर्वोच्चको अन्तरिम आदेश- संसद्का महासचिवको पत्र कार्यान्वयन नगर्नू

प्रतिनिधि सभामा महाभियोग दर्तापछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनलाई निष्प्रभावी तुल्याउने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको पत्रलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

नेपालभ्युज

सर्वोच्चको अन्तरिम आदेश- संसद्का महासचिवको पत्र कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अदालतले प्रतिनिधि सभामा महाभियोग दर्ता भएपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनलाई निष्प्रभावी तुल्याउने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको पत्रलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको भन्दै गत बुधबार पत्र दिएका थिए । लगत्तै परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । यही इजलासले जबराको निलम्बन निष्प्रभावी हुने पत्र महासचिव गौतमले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पठाएको भन्दै त्यसको कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

०७८ को फागुन १ मा प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो । सर्वोच्चको आदेश यस्तो छ :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved