‘सास नफेर्नु आज मैले हावा छोएकी छु, आफ्नै घर छु तर, पर-पर छु’

१४ लाग्दा शरीरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु।’

नेपालभ्युज

‘सास नफेर्नु आज मैले हावा छोएकी छु, आफ्नै घर छु तर, पर-पर छु’

‘१४ लाग्दा शरीरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु।’

यी शब्दहरू बिहीबार सार्वजनिक ‘पर–पर छु’ बोलको गीतका हुन्। सर्जक प्रकाश सपूतले गीत तयार गरेका हुन्। उनैले भाका बनाएका हुन्। त्यसमा तुलसी बोहोराले स्वर दिएकी छिन्।

गीत राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि तयार पारिएको हो। अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारेर हिजो (बिहीबार) बेलुका सार्वजनिक गरिएको हो। मिठो भाकाको ‘पर–पर छु’ गीतमा मनछुने शब्द छन्।

‘सास नफेर्नु आज मैले हावा छोएकी छु
आफ्नै घर छु, तर पर पर छु’

भिडिओ उत्तिकै मर्मस्पर्शी छन्। भिडिओमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सोबिता अधिकारीले अभिनय गरेका छन्। भिडिओमा प्रकाशकै कथा एवं निर्देशन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved