विप्लवले सोधे- अहिलेको संघीयताको औ‍चित्य के हो ?

‘आफूले नकमाउने र केन्द्रकै पैसा बाँडेर खाने संघीयताको कुनै औचित्य रहन्छ र ?’

नेपालभ्युज

468280838754216

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘सी’ले अहिलेको संघीयताको औ‍चित्य नरहेको बताएका छन् । लुम्बिनीमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘अहिलेको संघीयताको औचित्य तपाईंहरू पुष्टि गर्न सक्नुहुन्छ ? म त सक्दिनँ ।’

उनले प्रदेश सरकारहरूको आफ्नो आयस्रोत नभएको र केन्द्रकै पैसा बाँडेर खाने गरेको उल्लेख गर्दै सोधे, ‘आफूले नकमाउने र केन्द्रकै पैसा बाँडेर खाने संघीयताको कुनै औचित्य रहन्छ र ? यसको कुनै औचित्य नै छैन ।’

उनले उदाहरण दिँदै भने, ‘मानौँ, लुम्बिनी प्रदेशलाई केन्द्रले अर्बौँ पैसा छुटाइदिन्छ । अनि यहाँका मन्त्री र कर्मचारीहरूले त्यो पैसा बाँडिचुँडी खान्छन् । अनि यसरी खाने संघीयताचाहिँ हामीलाई किन चाहियो ?’

वर्तमान संघीयता देशको हितमा नरहेको जिकिर विप्लवले गरे । ‘यो संघीयता न आर्थिक ढङ्गले ठिक छ, न राजनीतिकरूपमै ठिक छ । यसले जनताका भाषा, संस्कृति र जनजीविकाको रक्षा गरेकै छैन ।’

उनले वर्तमान मोडेलको नभइ समाजवादी मोडेलको संघीयता चाहिने बताए । ‘हो, ठिक हो देशलाई संघीयता चाहिन्छ । तर यस्तोखाले होइन कि अब हामीलाई समाजवादी संघीयता चाहिन्छ,’ उनले भने, ‘यसबाट मात्रै जनताका आधारभूत आवश्यकताहरूको परिपूर्ति हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved