त्रिविको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीको खुशी

त्रिभुवन विश्वविद्यालय त्रिविको ४८ औँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा समारोह आयोजना गरिएको थियो।

नेपालभ्युज

त्रिविको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीको खुशी
शुक्रबार पुल्चोकमा त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी । तस्बिर : रोशन सापकोटा- रासस

काठमाडौं। त्रिभुवन विश्वविद्यालय त्रिविको ४८ औँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा समारोह आयोजना गरिएको थियो।

२०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २ सय ३७ विद्यार्थी दीक्षित भएका छन्। तर दीक्षान्त समारोहमा सहभागीताका लागि करिब १० हजार २ सय ३७ विद्यार्थीले फारम भरेका छन्।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा भएको समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायत सहभागी थिए।

यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतको सेन्टर युनिभर्सिटी अफ पन्जाबका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी रहेका थिए ।
समारोहमा एमफिल, विद्यावारीधि र सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved