प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

नेपालभ्युज

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यकक्षमा भेटवार्ता भएको हो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

प्रचण्ड प्रधानमन्त्रीका आकांक्षी हुन् भने रामचन्द्र पौडेलले पनि मुलुकले आफ्नो प्रधानमन्त्रीत्व खोजिरहेको बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved