‘संसद् सचिवालयका महासचिवले राजद्रोह गरे, कारबाही गरिनुपर्छ’

संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।

नेपालभ्युज

‘संसद् सचिवालयका महासचिवले राजद्रोह गरे, कारबाही गरिनुपर्छ’

काठमाडौं । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजद्रोह गरेको बताएका छन् । ‘उहाँ (महासचिव गौतम) प्रति राजद्रोह आकर्षित हुन्छ,’ अधिवक्ता अर्यालले नेपालभ्यूजसँग भनेका छन् ।

संसद्को अवहेलनासमेत उनीप्रति आकर्षित हुने भनाइ उनको छ । ‘उहाँले जे गर्नुभयो, त्यसले समग्र न्यायालयलाई नै अवहेलनामा राख्यो,’ उनले भने, ‘यसो हुँदा संसद्को अवहेलनासमेत उहाँले गर्नुभएको छ । यो उहाँप्रति आकर्षित हुन्छ ।’

त्यसअघि उनले भने, ‘उहाँले न्यायालयमाथि बलात्कार गर्नुभयो । एकजना महाअभियुक्तलाई प्रधानन्यायाधीशको कुर्सीमा ल्याएर राख्नु भनेको अपराध हो । जालसाजीपूर्ण अपराध हो ।’

उनले गौतमको न्यायालयको पवित्रतालाई धुमिल पार्ने काम गरेको पनि बताए ।

यस्तै अर्का वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि महासचिव गौतमलाई अवहेलनामा कारबाही हुनुपर्ने माग नै गरे । ‘संसद्को अधिकारी नाङ्गो र निर्लज्जरूपमा संसद्को खिल्ली उडाएर बस्नुभएको छ । पत्र मागेर र लेख्नेलाई संसद्को अवहेलनामा कारबाही हुनुपर्छ,’ उनले भने ।

उनले सार्वभौम स‌सद्‌को खिल्ली उडाउनेहरूमाथि अवहेलनाको मुद्दा चलाइनुपर्ने बताए ।

महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको भन्दै गत बुधबार पत्र दिएका थिए । लगत्तै परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved