जबराको निलम्बन फुकुवाविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ।

नेपालभ्युज

जबराको निलम्बन फुकुवाविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ।

इजलासमा कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएपछि जबरा सर्वोच्च जाने तयारीमा थिए। तर, सर्वोच्चको फूलकोर्टले भने उल्टै संघीय संसद्को सचिवालयको पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएको छ।

सोही पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो। सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले दर्ता गराएको रिटमा आज सुनुवाइ हुन लागेको हो।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले जबरालाई सर्वोच्च फिर्ता हुन नदिने बताउँदै आएका छन्। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्रको सर्वत्र विरोध भएको थियो। बार एसोसिएसनले गौतममाथि कारबाही हुनुपर्ने माग राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved