भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, नेपालमा भ्रष्टाचार मौलाउँदो

नेपालभ्युज

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, नेपालमा भ्रष्टाचार मौलाउँदो

काठमाडौं। आज शुक्रबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टाचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सन् २०२१ का अनुसार नेपाल १ सय १७ औँ स्थानमा छ ।

१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अङ्क प्राप्त गरेको छ । ५० भन्दा कम अङ्क पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ । सुशासन कायम गर्ने मामिलामा सरकारी प्रयास असफल रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved