एमालेको सचिवालय बैठक आज, समानुपातिक सांसद छनोट र चुनावी समीक्षा हुने

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले आज शुक्रवारका लागि सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, चुनाव समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले अस्ति बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधि सभा चुनावको प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved