जनमत पार्टीले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)

नेपालभ्युज

जनमत पार्टीले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)
फाइल फोटो

काठमाडौं । जनमत पार्टीले समानुपातिक तर्फका पाँचजना सांसद्को नाम छनोट गरेको छ ।

पार्टीको बिहीबार बसेको बैठकले संसदमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने उक्त पार्टीले जनाएको छ । पहिलो आम चुनावबाटै राष्ट्रिय दल बन्न सफल जनमत पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ ।

यस्तै बैठकले गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदल बनाउने निर्णय समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved