कांग्रेसकाे कार्यसम्पादन समिति बैठक शनिबार, चुनावी परिणामको समीक्षा हुने

चुनावको परिणामबारे समीक्षा गर्न नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

नेपालभ्युज

कांग्रेसकाे कार्यसम्पादन समिति बैठक शनिबार, चुनावी परिणामको समीक्षा हुने

काठमाडौं। चुनावको परिणामबारे समीक्षा गर्न नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्।

कार्यसम्पादन समिति बैठकमा संसदीय दलको नेता चयनका लागि मिति तय गर्नेजस्ता विषय पनि छलफल हुन सक्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved