आन्दोलनमा होइन, उत्पादनमा लाग्नुस, अर्थतन्त्र संकटमा छ भन्ने अभिव्यक्ति नदिनुस् : अर्थमन्त्री शर्मा

सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने भन्दै मन्त्री शर्माले बैंकको ब्याजदर वृद्धि,चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए ।

नेपालभ्युज

528740725641334

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीलाई  सडक आन्दोलनमा नलाग्न आग्रह गरेका छन् । उनले आन्दोलन छाडेर उद्योग व्यवसायमा ध्यान दिन पनि सुझाव दिए ।

काठमाडौंमा बिहीबार भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनीमा अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताए । उनले उद्योगी व्यवसायीले पनि उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने सुझाव दिए । सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायमा परेको असरबारे अध्ययन भइरहेको भन्दै उनले छिट्टै समाधान निकाल्ने आश्वासन पनि दिए ।

सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने भन्दै मन्त्री शर्माले बैंकको ब्याजदर वृद्धि,चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए । यस्तै अर्थमन्त्री शर्माले व्यवसायीहरुले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

उनले भने,‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्र,राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर कार्यदल बनाउन जिम्मा दिएको छ । कार्यदलको रिपोर्ट अनुसार कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ ।  तर पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान नभएकाले प्रधानमन्त्रीसँग मन्त्रीपरिषद्मा नै व्यवसायीको समस्यालाई राखेको छु ।’

उनले व्यवसायीका समस्या सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने समेत बताए । कुनैपनि व्यवसायी सडकमा जानुनपर्ने भन्दै उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक किन रोज्ने ? अहिले चुनाव सकिएको छ । पाँच वर्षपछि चुनावमा उठ्ने भए सडक आन्दोलन पनि पछि नै गर्नुहोला । अहिले व्यवसायी उत्पादन व्यवसायमा लाग्नुस् ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved