चुच्चेपाटीमा खुल्यो मिराकल स्किन हेयर एन्ड एस्थेटिक क्लिनिक

नेपालभ्युज

चुच्चेपाटीमा खुल्यो मिराकल स्किन हेयर एन्ड एस्थेटिक क्लिनिक

काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा मिराकल स्किन हेयर एन्ड एस्थेटिक क्लिनिकले सेवा सुरु गरेको छ । अत्याधुनिक प्रविधिसहित अन्तर्राष्ट्रिय स्तरको संरचनामा सेवा सुरु गरेको क्लिनिकका अध्यक्ष सागर भुसालले जानकारी दिए ।

बिहीबार एक कार्यक्रमका बीच हास्यकलाकार दीपाश्री निरौला, नायक आकाश श्रेष्ठ र नायिका बेनिशा हमालले संयुक्त रूपमा क्लिनिकको उद्घाटन गरेका हुन् ।

करिब डेढ करोडको लगानीमा खुलेको क्लिनिकमा अनुभवी स्वाथ्यकर्मी रहेको उनको दाबी छ । क्लिनिकमा कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङसम्बन्धी समस्याको उपचार, कपालसम्बन्धी सम्पूर्ण रोग, दाद, कालोपोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला तथा कपालसम्बन्धी समस्याको उपचार हुने छाला यौन तथा सौन्दर्य विशेषज्ञ डा. मोहन भुसालले जानकारी दिए ।

व्यापारभन्दा पनि सेवामुखी बनाउन आफूहरूको प्रयास रहने उनको भनाइ छ । एक दिनमा ५० भन्दा बढी व्यक्तिले सेवा लिन सकिने जनाइएको छ ।

बिहान १० बजेबाट साझ सात बजेसम्म खुल्ने क्लिनिकमा डा. मोहन भुसाल, डा. एलिशा भट्टराई, डा. सन्देश मास्केलगायतले सेवा दिने बताइएको छ । शुभारम्भको अवसरमा पुस महिना भरी ओपिडी सेवामा ५० प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष भुसालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved