जग्गाको भाडा वृद्धि गरेपछि बुटवलका उद्योगीकाे आपत्ति

नेपालभ्युज

जग्गाको भाडा वृद्धि गरेपछि बुटवलका उद्योगीकाे आपत्ति

काठमाडौं।  आर्थिक मन्दीका कारण औद्योगिक तथा व्यवसायिक क्षेत्र समस्यामा परिरहेको अवस्थामा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरिएपछि बुटवलका उद्योगीहरू त्यसको विरोधमा उत्रेका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघ चरणबद्ध आन्दोलनमा उत्रेको हो।

संघले बुधबार बुटवल औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाइ ज्ञापन पत्र बुझाउँदै वृद्धि गरिएको भाडादर फिर्ता गर्न माग गरेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै ज्ञापन पत्र बुझाइएको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए।

भट्टराईको नेतृत्वमा गएको टोलीले लिमिटेडका प्रशासन अधिकृत जिवनारायण बञ्जाडेलाई ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन माग गरेको हो। उद्योगीहरूको सहमती बिनै नियम विपरीत भाडा वृद्धि गरेर उद्योग बन्द गराउने योजनामा व्यवस्थापन लागेको भन्दै उनीहरुले माग सम्बोधन नगरिए कडा अन्दोलनमा उत्रने चेतावनी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved