समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि

नेपालभ्युज

समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि देखिन थालिएको छ ।

प्रारम्भिक निर्वाचनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसद बनाउन खाेजिएपछि पार्टी केन्द्रीय कार्यालयमा नेताहरूले आज खबरदारी सभा राखेका छन् ।

सुनसरी क्षेत्र नं. २ मा रास्वपाबाट पराजित तथा जिल्ला सभापति लालविक्रम थापाले भनेका छन्, ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भइ खबरदाी गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

प्रत्यक्षतर्फबाट ७ सिट जितेको रास्वपाले १३ सिट पाउनेछ । उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ ।

रास्वपाले ७ जना महिला सांसद पठाउनुपर्छ । जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन् । अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ । खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved