धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, हुँदा ३० लाख बराबरको क्षति

नेपालभ्युज

धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, हुँदा ३० लाख बराबरको क्षति
सांकेतिक तस्वीर

जनकपुरधाम। धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगर बजारमा रहेको इलेक्ट्रोनिक पसलमा बुधबार राति आगलागी भएको हो।

अमरचौकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख बराबरको सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

मिथिला नगरपालिकाको वारुण्यन्त्र,प्रहरी र स्थानीयको सहयोगमा बिहीबार बिहान ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

प्रहरीका अनुसार आगलागी हुँदा पसलमा फहेको फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्होलगायत सामान जलेर नष्ट भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved