नागढुंगा-नौबिसे सुरुङमार्गको ७० प्रतिशत काम सकियो, २०८१ सालको साउनदेखि गाडी चल्ने

आयोजनाको काम सकेर २०८१ सालको साउनदेखि गाडी चलाउने लक्ष्यका साथ दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम भइरहेको छ।

नेपालभ्युज

नागढुंगा-नौबिसे सुरुङमार्गको ७० प्रतिशत काम सकियो, २०८१ सालको साउनदेखि गाडी चल्ने

काठमाडौं। नागढुंगा- नौबिसे सुरुङमार्गको सुरुङ खन्ने काम ७० प्रतिशत सकिएको छ। आयोजनाको काम सकेर २०८१ सालको साउनदेखि गाडी चलाउने लक्ष्यका साथ दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम भइरहेको छ। आयोजनामा अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५४० जनाले काम गरिरहेका छन्। मूख्य सुरुङको लम्बाई २ हजार ६८८  मिटर र सहायका सुरुङको लम्बाई २ हजार ५५७ मिटर रहेको छ ।

मुख्य सुरुङ खन्ने काम ७१ प्रतिशत पूरा भएको छ। मुख्य सुरुङ र सहायक सुरुङ गरी ३ हजार ८५९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।

काठमाडौंतर्फ मुख्य सुरुङ ८३२ मिटर र सहायक सुरुङ १ हजार ४५ मिटर पूरा भएको आयोजनाले जनाएको छ। यस्तै, धादिङतर्फ ८७८ मिटर मुख्य र ९०२ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ। धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ।

इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ हो।

यस्तै, मुख्य सुरुङका साथै तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, ओभरपास, तीनवटा ब्रिज लगायतको बाहिरका संरचनाको हालसम्म काम ३९५ काम सम्पन्न भएको छ।

२०८१ असार मसान्तसम्ममा सुरुङमार्गको काम सकेर साउन पहिलो साताबाट सवारीसाधनका लागि खुला गरिने योजना रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

सुरुङमार्गबाहिर पहुँचमार्ग निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभरपास निर्माण सकिएको छ। यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved