प्रदुषण मापदण्डमा फेल भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराइने

वातावरण विभागले आज सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न निर्देशन दिएको हो ।

नेपालभ्युज

प्रदुषण मापदण्डमा फेल भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराइने

काठमाडौं । सरकारले प्रदुषण जाँच नगरी चलाएका गाडीलाई पुस १ गतेदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । वातावरण विभागले आज सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न निर्देशन दिएको हो । निर्देशनको अटेरी गर्ने गाडीलाई नियन्त्रणमा लिइने र एक लाख रुपैयाँ जरिवाना तिराइने सूचनामा उल्लेख छ ।

पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ । अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।

अहिले धुवाँ परीक्षण गर्दा मापदण्ड भन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ ।

छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच फेल हुने गाडीलाई जरिबाना गरिने विभागले चेतावनी दिएको छ । साथै विभागले टोल छिमेकमा खुला रुपमा फोहर जलाउने काम नगर्न पनि आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved