इलाम २ : नेम्वाङविरुद्ध खड्काको सर्वोच्चमा रिट, पुनः मतगणनाको माग

नेपालभ्युज

इलाम २ : नेम्वाङविरुद्ध खड्काको सर्वोच्चमा रिट, पुनः मतगणनाको माग

काठमाडौं । इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङविरुद्ध  नेपाली कांग्रेसका डम्बर खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

मतगणनामा धाँधली गरेर नेम्वाङलाई जिताएको भन्दै खड्काले  पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्  । उनले नेम्वाङलाई निर्वाचित गरिएको  घोषणा बदर गर्न समेत रिट निवेदनमार्फत माग गरेका छन् ।

उनले  मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको रिटमा उल्लेख गरेका छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved