मन्त्री श्रेष्ठको आरोप- निगमको नेतृत्वले क्षमता विकास गर्न सकेन

नेपालभ्युज

मन्त्री श्रेष्ठको आरोप- निगमको नेतृत्वले क्षमता विकास गर्न सकेन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए । उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए ।

उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताए । मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए । उनले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले सरकारले नियुक्त गरेको अयोग्य व्यक्तिलाई नियमित तलब खुवाएर राख्नैपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको तर्क गरे ।

मन्त्री श्रेष्ठले नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए । उनले हवाई सुरक्षा नीतिको विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताए । उनले आइकाओले नेपालको नीति,प्राधिकरण हवाई सुरक्षाको लागि कामका आधारमा चाँडै कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved