संसदीय दलको नेताको दाबी छाड्न देउवालाई विश्वप्रकाशको आग्रह

नेपालभ्युज

संसदीय दलको नेताको दाबी छाड्न देउवालाई विश्वप्रकाशको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने तर्क गरे । एजेण्डा युवा पुस्तासँग रहेकाले उनले  पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर बस्न सुझाए ।

उनले भने ‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ । पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ । त्यसैले उहाँले पद लिने भन्दा आफूप्रतिको सम्मान दोब्बर बनाउनेतिर लाग्नुपर्छ भन्ने मेरो सुझाव छ । यो सुझाव उहाँलाई काठमाडौंमा भेटेरै पनि म दिन्छु ।’

साथै उनले  संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने   प्रस्ताव पनि राखेका छन् ।  उनले आफू थापालाई दलको नेता बनाउने गृहकार्यमा लागेको बताउँदै  यसका लागि सिनियर नेताहरूसँग  छलफल भएको जनाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved