श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा लिएर भाग्दै गरेका श्रीमान् पक्राउ

सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान् पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले श्रीमती हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

नेपालभ्युज

श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा लिएर भाग्दै गरेका श्रीमान् पक्राउ

सुर्खेत । सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान् पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले श्रीमती हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

हत्यापछि मगरले श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भाग्दै प्रहरीले पक्राउ गरेको हो ।
३० वर्षीय मिना आले मगरलाई उनले हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेको भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।
आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मगर एक वर्ष अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved