गाडी, बाइक, रक्सी र मोबाइलको कहिलेदेखि हुन्छ आयात ?

अर्थतन्त्र सङ्कटमा भएको बेला नै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेपछि कहिलेदेखि आयात होला भन्ने चासो छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेपछि आयातको बारेमा चासो उत्पन्न भएको हो।

नेपालभ्युज

गाडी, बाइक, रक्सी र मोबाइलको कहिलेदेखि हुन्छ आयात ?
मूख्यमन्त्री कार्यालयका सामान ट्रकमा लोड गरिँदै । तश्वीर:सामाजिक सञ्जाल

काठमाडौं । अर्थतन्त्र सङ्कटमा भएको बेला नै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेपछि कहिलेदेखि आयात होला भन्ने चासो छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेपछि आयातको बारेमा चासो उत्पन्न भएको हो।

उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा भएको बताए ।
अब सबै खाले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात गर्न पाइने छ ।

आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

नेपालमा अहिले १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहको छ । यो रकम करिब ८ महिनाका लागि मात्रै बस्तु आयात गर्ने पुग्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चित घटेको भन्दै सरकारले वैशाखदेखि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved