रुपन्देही-२ मा पुन: मतदानको माग गर्दै सर्वोच्च पुगे गणेश पौडेल

नेपालभ्युज

रुपन्देही-२ मा पुन: मतदानको माग गर्दै सर्वोच्च पुगे गणेश पौडेल

काठमाडौं । रुपन्देही -२ मा पुन: मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्  । पौडेलले उक्त रिट निवेदनमा आफूहरूलाई मतगणनास्थलमा प्रवेश निषेध गरी कर्मचारीले विष्णु पौडेललाई विजेता घोषणा गरेको जनाएका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालयले अनियमित रूपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुन: मतदान तथा मतगणनाको माग गरेका हुन् ।

रुपन्देही-२  मा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेल २७ हजार १ सय ६५ मतसहित विजयी भएका थिए भने पौडेलले २५ हजार ७ सय ९५ मत पाएका थिए  ।

पौडेलको रिट भने दर्ता हुन  बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved