मेलम्चीको पानी शुक्रबारदेखि काठमाडौंमा वितरण हुने

नेपालभ्युज

मेलम्चीको पानी शुक्रबारदेखि काठमाडौंमा वितरण हुने

काठमाडौं। मेलम्चीको पानी काठमाडौंमा शुक्रबारदेखि आउने भएको छ ।

२६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेको पानी प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा आइपुगेको थियो ।

‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौंतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ । तीन दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा छोड्दैछौँ’ श्रेष्ठले भने, ‘शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा पुग्नेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved