दामोदर र प्रितीको स्वरमा नयाँ लोकगीत ‘चौरी गाईको घिउले’ सार्वजनिक

नेपालभ्युज

दामोदर र प्रितीको स्वरमा नयाँ लोकगीत ‘चौरी गाईको घिउले’ सार्वजनिक

काठमाडौं। गायक दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो क्याफेमा एक कार्यक्रमका बिच गीतको प्रिमियर गरी सार्वजनिक गरिएको हो ।

गीतमा दामोदरकै शब्द र संगीत रहेको छ । गीतमा संगीत संयोजन कृष्ण विक (भान्जा)ले गरेका छन् भने कुमार रानाले मिक्सिंग गरेका छन् । गीतको भिडियोमा चार कलाकारको अभिनय देख्न सकिन्छ । लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एस.डीले भिडियोमा अभिनय गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफि तथा निर्देशन गरेका छन् ।

पत्रकार गोपिकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा बोल्दै गायक दामोदरले अहिले सार्वजनिक गीतलाई यसअघिको छुर्पी चौरी गाईको गीतको भाग २ को रूपमा सार्वजनिक गरिएको बताए । दामोदर दर्शक तथा स्रोताको रोजाइको गीत बन्नेमा विश्वस्त छन् । कार्यक्रममा गायिका प्रिती आले भने अनुपस्थित थिइन् ।

भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागि आफ्नो टिमले निकै मिहिनत गरेको बताए । उनले कलाकार देखि आफ्नो प्रोडक्सन टिमको मिहेनतका कारण भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । साथै, कलाकारहरूले पनि दर्शकलाई अवश्य मन पर्ने भन्दै प्रतिक्रियाको अपेक्षा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved