प्यूठानमा विहे भोज खाएका ३५ जना विरामी

नेपालभ्युज

प्यूठानमा विहे भोज खाएका ३५ जना विरामी

प्यूठान। प्यूठानमा विहे भोज खाएका ३५ जना विरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ माझकोटका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिएका छन् ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो । प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved