मापसे गरेर गाडी चलाउनेलाई प्रहरीले धमाधम मुद्दा चलाउँदै

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको  छ ।

नेपालभ्युज

मापसे गरेर गाडी चलाउनेलाई प्रहरीले धमाधम मुद्दा चलाउँदै
ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउन अभियान चलाउने क्रममा खिचिएको तस्वीर

काठमाडौं ।  तपाइँले जाँडरक्सी र लागुऔषध प्रयोग गरेर गाडी चलाउँदै आउनुभएको छ ? यदि तपाइँले जाँडरक्सी वा लागुऔषध प्रयोग गरेर गाडी चलाउनुहुन्छ भने अब यो कसुर जरिवानाको मात्रै नभएर सार्वजनिक अपराधको मुद्दा समेत बन्नेछ ।

जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको  छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार अवस्था हेरेर ट्राफिक प्रहरीले मुद्दा चलाउने गरेको छ । केही  दिन अघि मात्रै काठमाडौंको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो । केसीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ ।

यस्तै, लागुऔषध खाएर गाडी चलाएका पाँच जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved