जापानलाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

 निर्धारित समय र थप गरिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरी भएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो । 

नेपालभ्युज

जापानलाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं। जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।

कतारको अल जनुब रंगशालामा सोमबार राति प्रतिस्पर्धात्मक खेलमा जापान पेनाल्टीमा ३–१ अन्तरले पराजित भयो ।

सन् २०१८ विश्वकपको उपविजेता क्रोएसियाको अनुभव यो पटक काम लाग्यो । उसले निर्धारित समयमा पछि परेको अवस्था उल्टाएर अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरी भएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो ।

क्रोएसियाको लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गरे। जापानको लागि ताकुमा असानोले मात्रै गोल हाल्न सके । क्रोएसियाका गोलरक्षक डोमिनिकले ३ प्रहार छेके।

निर्धारित समयको ४३ औँ मिनेटमा माइडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा पेरिसिकले गोल गर्दै खेल बराबरी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved