गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ उच्चस्तरीय शोरुमको उद्घाटन

नेपालभ्युज

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ उच्चस्तरीय शोरुमको उद्घाटन

काठमाडौं। गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

सो शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । समारोहमा बोल्दै करण चौधरी भने, ‘गल्फ एक विश्वप्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट परफरमेन्स र अनम्याच्ड क्वालिटीका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरूको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार, ‘यो नयाँ उच्चस्तरीय शोरुम हरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरू ग्राहक माज उपलब्ध गराउने छौं र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउनेछन् ।

गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरूको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दै छौँ जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved