बेनेलीको एक्सक्लुसिभ शोरुम अब पोखरामा

नेपालभ्युज

बेनेलीको एक्सक्लुसिभ शोरुम अब पोखरामा

काठमाडौं। बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिल पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ ।

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा थ्रिएस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।

बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो

नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजारसम्म पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved