फिदिममा सेनाको गाडी दुर्घटना, १५ जना घाइते

नेपालभ्युज

फिदिममा सेनाको गाडी दुर्घटना, १५ जना घाइते

फिदिम। फिदिममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा. १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ।

दुर्घटनामा परी सैनिक प्युठ काशिराम चौधरी, प्रवीण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवि तामाङ, रमेश चौधरी, सूर्य थारू, चन्द्रबहादुर कार्की, दिलबहादुर शाही, लोटन थारू, देविलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर घाइते भएका छन्।

दुर्घटनामा घाइते १५ जनामध्ये २ जनाको अवस्था चिन्ताजनक छ। गम्भीर २ जनालाई विराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी रातिनै काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved