रास्कोट नगरपालिकाले नगर प्रहरीमा भर्ना खोल्यो

रास्कोट नगरपालिकाले नगर प्रहरीमा भर्ना खोल्यो
फाइल फोटो

सुर्खेत। कालीकोटको रास्कोट नगरपालिकाले नगर प्रहरीमा भर्ना खोलेको छ । नगरपालिकाले सेवा करारमा ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९’ अनुसार नगर प्रहरीमा भर्ना खोलेको हो ।

नगरपालिकामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेखित गरिएका स्थानीय तहको एकल अधिकारको प्रयोग गरी प्रतिस्पर्धात्मक आधारमा सेवा करारमा नगर प्रहरीको नियुक्ति गर्न स्थानीय सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (क) मा व्यवस्था भएबमोजिम कार्यहरूमा सहयोग पुर्‍याउनका लागि नगर प्रहरीमा करार भर्ना खोलेको छ ।

नगर प्रहरीमा पहिलो चरणमा १५ जनाको करार भर्ना खोलिएको र जसमा आठ जना खुल्ला तीन जना महिला, दुई जना दलित र दुई जना सहिद तथा वेपत्ता परिवारबाट भर्ना गरिने नगरपालिका निमिक्त प्रमुख प्रकाशकीय अधिकृत जमानसिंह बमले जानकारी दिए ।

‘१८ वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका नेपाली नागरिकले नगर प्रहरीका लागि दरखास्त दिन पाउनेछन् ।’ उनले भने,‘आधारभूत तह विद्यालयमा अध्यायन गरेको हुनुपर्नेछ । त्यसका लागि नगरपालिकाले कार्यविधि बनाएर नै भर्ना गर्न लागिएको हो ।’

नगर प्रहरीमा भर्ना हुनका लागि पूर्व नेपाली सेना, पूर्व जनमुक्ति सेना, पूर्वनेपाल प्रहरी, पूर्व सशस्त्र प्रहरी र पूर्व म्यादी प्रहरीलाई विशेष प्राथमिकतामा राखिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए । ‘पूर्व जनमुक्ति सेनाको हकमा सूचीकृत गरेको कागजात बुझाउनुपर्नेछ ।’ उनले भने, ‘अन्यको हकमा नेपाल सरकारले प्रमाणित गरेको कागजात भए पुग्छ ।’

नगर प्रहरीलाई स्थानीय शान्ति सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व तोकिने त्यसका लागि नगर प्रहरी कार्यविधिअनुसार काम गर्नुपर्ने नगरप्रमुख शाहीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved