दोलखाको रोचक परिणाममा यसरी जिते कार्कीले

दुवै पार्टीले अग्रता लियौँ भनेर मख्ख पर्ने अवस्था रहेन। किनभने मतदान केन्द्रपिच्छे नै दुवै पार्टीको पकड क्षेत्र ‘कोर एरिया’ भेटियो । कुन अघि जान्छ र कुन पछि पर्छ भन्ने निकै रोचक दृष्य देखियो ।

नेपालभ्युज

दोलखाको रोचक परिणाममा यसरी जिते कार्कीले

दोलखा। दोलखाको प्रतिनिधिसभातर्फको नतिजा निकै रोचक रह्यो। मतगणनाको अर्को दिनसम्म माओवादीका गंगा कार्कीले २ हजार भन्दा धेरैको मतान्तर कायम गरेका थिए । तर त्यसपछि भने उनि पछाडि पर्न थाले । बेला बेला एमालेका बालकृष्ण शिवाकोटीले उछिने ।

दुवै पार्टीले अग्रता लियौँ भनेर मख्ख पर्ने अवस्था रहेन। किनभने मतदान केन्द्रपिच्छे नै दुवै पार्टीको पकड क्षेत्र ‘कोर एरिया’ भेटियो । को अघि जान्छ र को पछि पर्छ भन्ने निकै रोचक दृष्य देखियो ।

माओवादीका कार्कीलाई प्रदेशसभाको क्षेत्र अन्तर्गतका पालिकाहरुबाट अत्याधिक मत आएपनि क्षेत्रका पालिकाबाट कम मत आउँदा पछि परेका थिए ।

प्रदेशसभा मा पछि परेका एमालेका बालकृष्ण शिवाकोटीले क्षेत्र मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भयो । भीमेश्वर नगरपालिकाबाट अघि लागेका शिवाकोटी तामाकोशी र बैतेश्वरमा पछि परेपछि बाँकी रहेका विगु, शैलुङ र मेलुङबाट उनलाई केहि थप मत आएपनि जित्नको लागि पर्याप्त भएन ।

अन्तिममा नतिजा माओवादीका गंगा कार्कीको पक्षमा गयो र अहिलेसम्म संसदीय पदमा नपुगेका कार्कीलाई पहिलो पटक दोलखाली जनताले जिताएर संसदमा पुर्‍याएका छन् ।

उनी जिल्लाका प्रभावशाली, इमान्दार र निष्ठावान नेताका रुपमा परिचित छन् । प्रदेशसभातर्फको क बाट कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले र ख बाट एमालेका भरत केसी निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पनि दुवै उम्मेदवार पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved