दोलखामा माओवादीका कार्की १२ सय मतले अघि लागे, एमालेको ‘कमब्याक’ होला त ?

नेपालभ्युज

दोलखामा माओवादीका कार्की १२ सय मतले अघि लागे, एमालेको ‘कमब्याक’ होला त ?

दोलखा। दोलखामा प्रतिनिधिसभा चुनावको मतपरिणाम निकै रोचक भइरहेको छ ।  छिनछिनमा माओवादीका उम्मेदवार गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अघिपछि भइरहेका छन् । मतगणनाको अन्तिमतिर आइपुग्दा भने माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता बढाएका छन् ।

अहिले माओवादीका कार्की ११ सय ९५ मतले अघि छन् । कार्कीले ३५ हजार ७९० र शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् । अब शैलुङ गाउँपालिका १ र मेलुङ गाउँपालिका १ को मतगणना गन्न बाँकी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved