दोलखामा एमालेका शिवाकोटी पुन: अघि लागे, जम्मा ३० मतको अन्तर

नेपालभ्युज

दोलखामा एमालेका शिवाकोटी पुन: अघि लागे, जम्मा ३० मतको अन्तर

दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ ।  नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ । छिनछिनमा दुवै उम्मेदवार अघि र पछि परिरहेका छन् ।

अहिले नेकपा एमालेका बालकृष्ण शिवाकोटी जम्मा ३० मतले अघि लागेका छन् ।  शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका  छन् भने माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९०९ मत ल्याएका छन् ।  अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved