दोलखा प्रदेशसभा १ मा कांग्रेसका काफ्ले विजयी

नेपालभ्युज

दोलखा प्रदेशसभा १ मा कांग्रेसका काफ्ले विजयी

काठमाडौँ ।  दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।

काफ्ले ८ हजार ४२ मतान्तरसहित निकटतम प्रतिद्वन्द्वी  एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गर्दै विजयी  बनेका हुन् ।

काफ्लेले २२ हजार ७९७ मत पाउँदा श्रेष्ठले १४ हजार ७५५ मत पाए । यस्तै, प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् ।

प्रतिनिधिसभातर्फ  माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले उनलाई पछ्याइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved