चुनावपछि सत्ता गठबन्धनले पहिलो पटक बोलायो बैठक

नेपालभ्युज

चुनावपछि सत्ता गठबन्धनले पहिलो पटक बोलायो बैठक
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । सोमबार  दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी  अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक  नेताले बताए ।  ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनको बैठक सोमबार बस्ने  तय भएको बताएका छन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

शनिबार मात्रै सबै विकल्प खुला गर्ने निर्णय गरेको माओवादीले आइतबार भने सत्ता गठबन्धनको विकल्प नखोजेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved