विश्वकप फुटबल : इङ्ल्यान्ड भर्सेज सेनेगल

नेपालभ्युज

विश्वकप फुटबल : इङ्ल्यान्ड भर्सेज सेनेगल

काठमाडौं। विश्वकप फुटबलको नकआउट चरणमा आज इङ्ल्यान्ड र सेनेगल आमने सामने हुँदैछन्। अल बेत रंगशालामा इङ्ल्यान्ड र सेनेगल नेपाली समयअनुसार राति पौने १ बजे आमनेसामने हुनेछन्।

समूह ‘बी’को विजेता बनेको इङ्ल्यान्ड र समूह ‘ए’को सेनेगल उपविजेता बन्दैँ नकआउट चरणमा पुगेका हुन्। यो इङ्ल्यान्ड र सेनेगलबीचको पहिलो भिड्न्त हो।

इङ्ल्यान्ड ५३ वर्षपश्चात् विश्वकपको उपाधि जित्ने योजनामा रहेको छ। सन् १९६६ मा इङ्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको थियो। तेस्रोपटक विश्वकपमा सहभागी भएको सेनेगल भने दोस्रोपटक क्वार्टरफाइनल पुग्न चाहन्छ। सन् २००२ को संस्करणमा सेनेगल क्वार्टरफाइनलमा पुगेको थियो।

यता, इङ्ल्यान्डले अफ्रिकी राष्ट्रसँग पराजय भोगेको छैन। अफ्रिकी राष्ट्रविरुद्ध खेलेको २१ खेलमा इङ्ल्यान्डले कि त सो खेलमा जित निकालेको छ कि बराबरीमा सकाएको छ। आइतबार पनि इङ्ल्यान्ड जितका लागि नै मैदानमा उत्रने देखिन्छ।

तथापि, सेनेगल बलियो रूपमा नै कतार विश्वकपमा उपस्थित भएको छ। स्टार प्लेयर साडियो मानेको अनुपस्थितिमा पनि सेनेगल बलियो रूपमा ने प्रतिस्पर्धा गरिरहेको छ।

नेदरल्यान्ड्ससँगको पराजयपश्चात् कप्तान कालिडु कोलिबालीले कतार र इक्वेडरसँगको खेलमा कुशल नेतृत्व गर्न सफल भए। शाही प्रदर्शनलाई कोलिबालीले निरन्तरता दिने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved