सत्ता सहकार्यका लागि प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाए सन्देश

नेपालभ्युज

सत्ता सहकार्यका लागि प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाए सन्देश

काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् ।

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई ब्रिफ्रिङ गरेका थिए ।

ओलीको सन्देशमा भनिएको छ- ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनुभन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईंको सभापतिलाई भन्नुहोला ।’

वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved