बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपालभ्युज

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

काठमाडौं। बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेका हुन्।

आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन्। ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ। ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन्।

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो। पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए। २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए।

२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए। २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए।

पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए। २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए। २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते। २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए। उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको भन्दै बाजुरामा मतगणना रोकिएको थियो। एक केन्द्रमा पुन: मतदानसमेत भएको थियो। निर्वाचनका क्रममा विवाद हुँदा दुई जनाले ज्यानसमेत गुमाउनु परेको छ। यहाँको मतगणना बुधबारदेखि सुरु भएको थियो।

बाजुराका दुबै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेशसभा क मा नेकपा एकीकृत समाजवादीका नरेश शाही तथा ख मा नेपाली कांग्रेसका पदबहादुर शाही विजयी भएका छन्।

सम्बन्धित समाचार

मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

निर्वाचन आयोगद्वारा बाजुरा र स्याङ्जा-२ मा पुन: मतदानको माग अस्विकार, तत्काल मतगणना सुरु गर्न निर्देशन

स्याङजा र बाजुरामा रोकिएको मत गणनाबारे आयोगले निर्णय गर्न सकेन

मतदानमा भएको विवादलाई लिएर बाजुरामा घरमै एक विद्यार्थी नेताको हत्या

बाजुरामा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु

बाजुराको त्रिवेणीमा गोली चल्यो, ३ जना घाइते

बाजुराको भगवती विद्यालय केन्द्रको मतपेटिकामा आगजनी

बाजुरामा माओवादी र समाजवादीबीच हानाहान, उम्मेद्वारमाथि ढुंगा प्रहार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved