गोकुल बास्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला

नेपालभ्युज

गोकुल बास्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला हो। घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्ताे वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

काभ्रेबाट निर्वाचित सांसद बास्कोटा भने काभ्रेमै रहेको बुझिएको छ। बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved