समानुपातिकतर्फ कति गनियो मत, कसको कति ?

नेपालभ्युज

समानुपातिकतर्फ कति गनियो मत, कसको कति ?
फाइल फोटो

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शनिबार राति ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)  को अग्रस्थानमा कायमै रहेको छ । एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ ।

नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार १२४ मत सहित तेस्रो स्थान हासिल गरेको छ ।  ११ लाख २४ हजार ५४३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार ६३८ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४६ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ५२३ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार ३६२ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६६२ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८१ मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

अहिलेसम्म एक करोड चार लाख २० हजार १२५ मत गनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved