विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

शनिबार राति नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । नेदरल्याण्ड्स अन्तिम ८ मा पुग्ने पहिलो टोली हो ।

नेपालभ्युज

विश्वकप फुटबल : अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

काठमाडौं। अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । नेदरल्याण्ड्स अन्तिम ८ मा पुग्ने पहिलो टोली हो ।

नेदरल्याण्ड्सका लागि मेम्फिस डिपे, डाले ब्लाइन्ड र डेन्जेल डुमफाएरले गोल गरे। अमेरिकाको लागि हाजी राईटले एक गोल फर्काए।

१० औँ मिनेटमा डिपले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा ब्लाइन्डले त्यसलाई दोब्बर बनाए ।

७६ औँ मिनेटमा राईटले अमेरिकाका लागि गोल गर्दै खेल २-१ मा पुर्‍याए । तर ८१ औँ मिनेटमा डुमफाएरले नेदरल्याण्ड्सका लागि तेस्रो गोल गरे।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो । अमेरिका समूह ‘बी’ को उप-विजेता बनेको थियो । शनिबार राति अर्काे खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved